काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न नसकेको बताएका छन् ।
काठमाडौंको कोटेश्वरमा बसेको कबाड व्यवसायीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन नसकेको बताए ।
‘काठमाडौंमा व्यवसायीहरू असुरक्षित हुँदै गइरहेका छन् । यो दुई तिहाईको शक्तिशाली सरकारले सुरक्षा दिन सकेको छैन् । अदालतको आदेशविपरीत काठमाडौं महानगरले कबाड व्यवसायीको कबाडमा डोजर आतंक मचाएको छ । तर, सरकारले ति व्यवसायीलाई सुरक्षा दिन असफल भइसकेको छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार त दुई तिहाई बहुमतको शक्तिशाली छ । तर काम बिचौलिया र दलालको मात्रै गरिरहेको छ । यहाँका व्यवसायीलाई सुरक्षा दिनुपर्ने सरकार टुलटुलु बसेर हेर्न मिल्छ ?’
अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा काठमाडौंमा कबाड व्यवसायीको कबाडमा डोजर आतंक चलिरहेको उनले बताए । दुई तिहाईको शक्तिशाली भनिए पनि वर्तमान सरकार झोले सरकार भएको टिप्पणी गर्दै आफ्नो परिवार, व्यवसायको सुरक्षाका लागि अब महानगरको गुण्डागर्दीविरुद्ध प्रतिकारमा उत्रिनुको विकल्प नभएको उनले बताए ।
‘अदालतको आदेश छ कबाड व्यवसायलाई नहटाउ तर यहाँ अदालतको आदेश पालना हुँदैन् । सरकारले सुरक्षा दिंदैन । महानगरले डोजर आतंक मचाएको छ । यस्तो अवस्थामा तपाईंहरू आफ्नो परिवार, पेस व्यवसायको सुरक्षाका लागि अब प्रतिकारमा उत्रिनै पर्छ । महानगरको गुण्डागर्दी सहेर बस्न सकिदैन्’, आजपा अध्यक्ष साहले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ साउन २०८२, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह