भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् ।
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारबाहीको माग गरिएको उनको भनाइ छ । असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए ।
“सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ”, वडाध्यक्ष नेपालले भने, “सडक निर्माणको काममा लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहीन काम भएको प्रष्ट देख्न सकिन्छ ।”
सडक डिभिजन कार्यालय तुम्लिङटारअन्तर्गत आरएनआरआर कम्पनीले असार महिनामा यहाँको शून्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए ।
टेम्केमैयुङका चारवटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहीन काम भएपछि स्थानीय आक्राकोसित बनेको उनको भनाइ छ ।
कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए । गैर जिम्मेवारढंगले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।
“यो सडक निर्माणमा अत्यान्तै गुणस्तरहीन काम भएको अवस्था छ,” वडाध्यक्ष खड्काले भने, “कालोपत्र सडक भत्किएको छ । अरु त के कालोपत्र गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहीन काम गर्नेलाई कारबाहीको माग गरेका छौँ ।”
सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताए । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उनको भनाइ छ ।
“सडक निर्माणको अवस्था बेहाल छ” उनले भने, “कालोपत्र गरिएको सडक भत्किएको अवस्था छ । दुईवटा जिल्लालाई जोड्ने सडक कालोपत्रको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०८२, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध
दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द
पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड ठप्प, डोजरमार्फत खुलाउने प्रयास जारी
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द गरेर सडकमाथिको ढुङ्गा हटाइँदै
दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती