काठमाडौँ । गठबन्धन घटक नेपाली काँग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । मन्त्री अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले दोषी भए कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘त्यसमा पनि सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । प्रहरीले गर्ने हो कि अख्तियारले गर्ने हो, छानबिन गर्नुपर्छ र यसको टुंगो लगाउनुपर्छ ।’ उनले संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै उनले भने, ‘जो दोषी छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ, अहिले अडिओ सार्वजनिक भएको छ, त्यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । जो दोषी देखिन्छन्, कारबाहीमा आउनुपर्छ ।’
कानूनी र विधिको शासनमा बदमासी गर्ने जोसुकै कानुनी कारबाहीबाट बाहिर जान नसक्ने उनको भनाइ छ । यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका थिए । अडिओ प्रकरणमा मुछिएका गुप्ता र अधिकारी दुवै एमालेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ साउन २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा