काठमाडौँ । गठबन्धन घटक नेपाली काँग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । मन्त्री अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले दोषी भए कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘त्यसमा पनि सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । प्रहरीले गर्ने हो कि अख्तियारले गर्ने हो, छानबिन गर्नुपर्छ र यसको टुंगो लगाउनुपर्छ ।’ उनले संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै उनले भने, ‘जो दोषी छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ, अहिले अडिओ सार्वजनिक भएको छ, त्यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । जो दोषी देखिन्छन्, कारबाहीमा आउनुपर्छ ।’
कानूनी र विधिको शासनमा बदमासी गर्ने जोसुकै कानुनी कारबाहीबाट बाहिर जान नसक्ने उनको भनाइ छ । यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका थिए । अडिओ प्रकरणमा मुछिएका गुप्ता र अधिकारी दुवै एमालेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ साउन २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग