मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार (असार ११) राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार राति करिब ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो ।
त्यसपछि उपचारका निम्ति कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएकामा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले बताए । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु