काठमाडौँ । बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीबुर रहमानको गृहमनगर गोपालगन्जमा बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको कार्यालयले गोपालगन्जमा कर्फ्यु लगाएको छ ।
छात्रहरूको नेतृत्वमा रहेको नेशनल सिटिजन पार्टी (एनपीसी) को प्रदर्शनका क्रममा यो घटना भएको हो । गत वर्षको जुलाई–अगष्टमा छात्रहरूको नेतृत्वमा हिंस्रक आन्दोलन भएको थियो । आन्दोलन उग्र बन्दै गएपछि गत वर्षको ५ अगष्टमा हसिनाको सरकार अपदस्थ भयो । आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूले गत फेब्रुअरीमा एनपीसी नामको राजनीतिक दल गठन गरेका थिए ।
स्थानीय मिडियाका अनुसार शेख मुजीबुर रहमानको गृहनगर हसिनाका समर्थक सैयौं प्रहरीसँग भिड्दा रणमैदान बनेको थियो । शवलाई अस्पताल पुर्याइएपछि चिकित्सकहरूले मर्नेहरूमा गोली लागेको बताएका छन् । अरु पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भइरहेको छ ।
एनसीपीमाथि आक्रमण गर्नेलाई सजाय दिनबाट पछि नहट्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ साउन २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला