काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाउने प्रवृति उचित नरहेको बताएका छन् । बुधबार सिंहदरवार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो बताएका हुन् । शासन सत्तामा रहनेले आफू विदेशबाट मिनिरल वाटर मगाएर पिउने जनतालाई खानेपानी समेत उपलब्ध गराउन नसक्ने अवस्था अन्त्य हुन आवश्यक रहेको बताए ।
‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ । त्यसमा सबैको बराबर हक लाग्छ । तर आफै विदेशबाट मिनिरल वाटर मगाएर पिउने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी अपराध गर्दैहुनुहुन्छ,’ साहले भने ।
शासन सत्तामा रहनेले आफू जनताले तिरेको करबाट विदेशी पानी पिउने तर, तर सर्वसाधारणलाई नर्मल पानी पनि नदिएर के गर्न खोजिएको हो भन्ने उनको प्रश्न छ । उनका अनुसार अहिले तराई मधेसमा पानीको हाहाकार छ । इनार सुकेको छ, चापाकलबाट पानी आउन छोडेको छ । काठमाडौँको सुकुम्वासी बस्तीमा समेत सरकारले खानेपानी दिन नसक्दा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरू आन्दोलित छन् ।
सुकुम्वासी संघले खानेपानीको माग गर्दै काठमाडौँको त्रिपुरेश्वर स्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडी धर्ना दिँदै आएका छन् । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरूको जायज माग समेत सम्बोधन गर्न साहको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह
अब गौर हत्याकाण्डका पीडित परिवारले न्याय पाउनेछन्: प्रभु साह
नागरिकलाई पानी दिने कि नदिने ? भन्दै सरकारलाई प्रभु साहको प्रश्न
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ : प्रभु साह