काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाउने प्रवृति उचित नरहेको बताएका छन् । बुधबार सिंहदरवार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो बताएका हुन् । शासन सत्तामा रहनेले आफू विदेशबाट मिनिरल वाटर मगाएर पिउने जनतालाई खानेपानी समेत उपलब्ध गराउन नसक्ने अवस्था अन्त्य हुन आवश्यक रहेको बताए ।
‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ । त्यसमा सबैको बराबर हक लाग्छ । तर आफै विदेशबाट मिनिरल वाटर मगाएर पिउने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी अपराध गर्दैहुनुहुन्छ,’ साहले भने ।
शासन सत्तामा रहनेले आफू जनताले तिरेको करबाट विदेशी पानी पिउने तर, तर सर्वसाधारणलाई नर्मल पानी पनि नदिएर के गर्न खोजिएको हो भन्ने उनको प्रश्न छ । उनका अनुसार अहिले तराई मधेसमा पानीको हाहाकार छ । इनार सुकेको छ, चापाकलबाट पानी आउन छोडेको छ । काठमाडौँको सुकुम्वासी बस्तीमा समेत सरकारले खानेपानी दिन नसक्दा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरू आन्दोलित छन् ।
सुकुम्वासी संघले खानेपानीको माग गर्दै काठमाडौँको त्रिपुरेश्वर स्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडी धर्ना दिँदै आएका छन् । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरूको जायज माग समेत सम्बोधन गर्न साहको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह