मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य हो : मन्त्री गुरुङ

सफल खबर संवाददाता

बुधबार, ३२ असार २०८२, १४ : ५२
मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य हो : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य प्रक्रिया रहेको बताएका छन् । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । 

 स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उनले मन्त्रीमण्डल गठन, पुनर्गठन गर्ने कुरा ठुलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गरेको बताए । 

एक वर्ष आफूहरूले कुनै दायाँबायाँ नभई र उतारचढाव नभई बिताएको पनि उनले बताए ।  सरकारले एक वर्षको समयमा उपलब्धिमूलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको गुरुङले बताए ।  

प्रतिक्रिया दिनुहोस