राजीनामा दिएका मन्त्री गुप्ता दोषी देखिए कारबाही हुन्छ: मन्त्री गुरुङ

सफल खबर संवाददाता

बुधबार, ३२ असार २०८२, १४ : २९
राजीनामा दिएका मन्त्री गुप्ता दोषी देखिए कारबाही हुन्छ: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् ।

बुधबार सिंहदरवारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आइसकेको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए ।