काठमाडौं । रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको प्रष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे ठूलो मात्रामा भन्सार कर लगाउने चेतावनी दिएका थिए । यसको जवाफमा रुसी विदेशमत्री सर्गेई लावरोफले ट्रम्पको भनाइको अर्थ नरहेको बताएका छन् । रुसी समाचार एजेन्सी इतार तासका अनुसार विदेशमन्त्रीले यसअघि पनि ट्रम्पले कहिले २४ घण्टे र कहिले सय दिनको डेडलाइन दिएको बताए ।
उनले भने, ‘हामीले यसअघि नै अभूतपूर्व प्रतिबन्धको सामना गरिरहेका छौं । अब जुनसुकै प्रकारका नयाँ प्रतिबन्धको सामना गर्ने सामर्थ्य हामीसँग छ ।’ यसअघि ट्रम्पले युक्रेनलाई मस्कोसम्म प्रहार गर्ने लामो दूरीका मिसाइल दिने बताएका थिए । तर, उनले आफ्नो बयान फेर्दै मस्कोमाथि हमला नगर्न युक्रेनलाई भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ साउन २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक