काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेस गर्दै छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्री गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनविपरीत कुलिङ अफ पिरियड निष्क्रिय बनाउने खालका प्रावधान राखेर प्रतिनिधि सभाबाट यो विधेयक पारित भएको छ। विवादकै बीच उक्त प्रावधानमा कुनै हेरफेर नगरी राष्ट्रिय सभामा पठाइएको छ ।
राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
यस्तै मंगलबारकै राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल