काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका घटनाहरुबाट पाठ सिकेर मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन ।
प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरे । उनले विपद् व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए । रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति र्पुयाएको उल्लेख गर्दै उनले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बतौ ।
उनले भने, ‘हिमाली पर्यावरणको व्यवस्थापन र जोखिम न्यूनिकरण गर्न अन्तरदेशीय सूचना प्रणालीको विकास गर्न र अन्तरराष्ट्रिय सहकार्य र समझदारी तिव्र पार्नुपर्ने आजको आवश्यकता बनेको छ । गत वर्ष काठमाडौंको मुटुमै चार घण्टासम्म उद्धार नपाएर केही नागरिकले ज्यान गुमउनुपर्ने अवस्था थियो । यो वर्षपनि औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । त्यसकारण विगतका घटनाहरुबाट पाठ सिक्दै विपद् प्रतिकार्यमा जुट्न म सरकारसँग आग्रह गर्न चाहान्छु ।’
विपद् व्यवस्थापनका लागि सामूहिक प्रतिवद्धताको खाचो रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’