काठमाडौँ । घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीले बोलाएपछि केहीबेर अघि मन्त्री गुप्ता बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुप्ताले घुस रकम डिल गरेको अडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ । सोही विषयमा बुझ्न प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बोलाएको बुझिएको छ ।
‘मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि उहाँ आइपुग्नु भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘सम्भवतः उहाँले आजै राजीनामा दिनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली