एजेन्सी । भारतको दिल्लीमा आज बिहीबार बिहान भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार बिहीबार बिहान ९:०४ बजे दिल्ली-एनसीआरमा भूकम्प महसुस गरिएको हो।
भूकम्प ४.४ रेक्टर स्केलको थियो। दिल्ली-एनसीआरमा लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।
एनसीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराइ जमिनबाट लगभग दस किलोमिटर थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली-एनसीआर भूकम्पका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ र यो भूकम्पीय क्षेत्र ४ मा पर्छ। यो क्षेत्र उच्च भूकम्पीय गतिविधि हुनेमा गनिन्छ।
दिल्ली प्रहरीले भूकम्पका कारण अहिलेसम्म कुनै क्षतिको सूचना नआएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ असार २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का