एजेन्सी । भारतको दिल्लीमा आज बिहीबार बिहान भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार बिहीबार बिहान ९:०४ बजे दिल्ली-एनसीआरमा भूकम्प महसुस गरिएको हो।
भूकम्प ४.४ रेक्टर स्केलको थियो। दिल्ली-एनसीआरमा लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।
एनसीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराइ जमिनबाट लगभग दस किलोमिटर थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली-एनसीआर भूकम्पका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ र यो भूकम्पीय क्षेत्र ४ मा पर्छ। यो क्षेत्र उच्च भूकम्पीय गतिविधि हुनेमा गनिन्छ।
दिल्ली प्रहरीले भूकम्पका कारण अहिलेसम्म कुनै क्षतिको सूचना नआएको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ असार २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी