काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
यस्तै, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध छ । नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका अनुसार दाउन्नेको खुर्साने खोला नजिकै मङ्गलबार राति पहिरो झरेपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ । सडक अवरुद्ध भएपछि बर्दघाटबाट पूर्वतर्फ जाने र दुम्कीबासबाट पश्चिमतर्फ आउने सवारी साधन सडकमा रोकिएका छन् ।
यसैगरी, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।
यस्तै, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन