काठमाडौं । मधेस केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भोलि दिउँसो २ बजे शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा बस्ने गरी बैठक बोलाइएको मोर्चाका नेता केशव झाले बताए ।
उनका अनुसार बैठकमा रुपन्देहीको उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार अघि सार्ने गरी छलफल अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै