कास्की । पोखरामा जुवातास खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ