काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको हो।
मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए । प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए।
नेपालको विकासमा स्वीस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिए। भेटका अवसरमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता
प्रधानमन्त्री ओलीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
सकारात्मकताका साथ अघि बढौँ, केही गरौँः प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री ओली
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री ओली
मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण