काठमाडौँ । दाङमा पाटे बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गढवा गाउँपालिका-खवारीबाट ४१ वर्षीय विक्रम बुढामगर, राजपुर-१का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारुलाई वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोली पक्राउ गरेको हो ।
उनीहरूको साथमा प्रहरीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको छ । हाल पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ। थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ