काठमाडौँ । दाङमा पाटे बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गढवा गाउँपालिका-खवारीबाट ४१ वर्षीय विक्रम बुढामगर, राजपुर-१का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारुलाई वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोली पक्राउ गरेको हो ।
उनीहरूको साथमा प्रहरीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको छ । हाल पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ। थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ