काठमाडौँ । बहराइनवासी नेपाली समुदायले नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रमुख कुलमान घिसिङलाई शुक्रबार नागरिक अभिनन्दन गरेको छ।खाडीमा कार्यरत नेपाली श्रमिकसँग अनुभव साटासाट गर्ने क्रममा बहराइन पुगेका घिसिङलाई बहराइनवासी नेपालीले नागरिक अभिनन्दन गरेको हो। नेपाली श्रमिक आबद्ध भएका विभिन्न जातीय संघसंस्था, राजनीतिक भातृसंगठन, जिल्लागत संस्था लगायतले अभिनन्दन गरेका हुन्।
बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, उपेन्द्र कोइराला, आशिम मोक्तान, श्रवण मिक्चन, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष वीरेन्द्रकुमार तुम्वापो लगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।
नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म कुनै उम्मेदवारी घोषणा गर्न आएको पनि होइन। म सरकारको कर्मचारी भएर वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवारी नागरिक भएको हिसाबले तपाईँहरूसँग एउटा हातमा हात मिसाउने, साथमा साथ मिसाउने र तपाईँहरूको संकल्पलाई अभियानको रूपमा अगाडि बढाउन आएको हो ।’
उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौँ । यो अभियान अरूको देशमा पनि पुग्नेछ । अगाडिको यात्रा के गर्ने भनेर धेरैले सोध्नुहुन्छ । अगाडिको यात्रा कस्तो हुन्छ भन्नेमा तपाईँको सुझाव नै मेरो यात्राको मुलश्रोत हुनेछ,’ उनले भने, ‘तपाईँहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढ्नेछ ।’
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ असार २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ: कुलमान घिसिङ
टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)