बैतडी । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गरेका छन् । लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
निरीक्षणका क्रममा लेखकले जिप्रका लगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिएका छन् । गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनले भने, ‘जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र ब्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ ।’ जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन् । गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्ति सुरक्षाका बारेमा पनि जानकारी लिए ।
गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका छन् । गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ असार २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ