काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् । त्रिविको ६६ औँ वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए ।
‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठुलो सङ्ख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालयमा ९० हजार विद्यार्थी हुँदैनन् ।’
यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए । पछिल्लो एक वर्षमा सुधारको काम हुन थालेको उनले दाबी गरेका छन् । ‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको सङ्ख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालाई तीन महिनामा झार्न सफल भएका छौँ,’ कसीले भने, ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठुलो उपलब्धि लिनुपर्ने परिस्थिति छ । यसकारण ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको हो ।’
रजिस्ट्रार केदार प्रसाद रिजालले देशकै ठुलो विश्वविद्यालयको भौतिक संरचना सुधारको आवश्यकता रहेकोमा जोड दिए । ‘देशको ८० प्रतिशत विद्यार्थीलाई सकी/नसकी सेवा सेवा पुर्याएको छ । धेरैको रोजाइमा त्रिवि छ । आज पनि ४ सय बढी प्रोग्राम सञ्चालन भइरहेको छ । यसैले राष्ट्रपति प्रधानमन्त्री उत्पादन गरेको छ । विश्वभर यहाँ उत्पादन भएका पुगेका छन् । तर पूर्वाधारको अप्ठ्यारो परेको छ,’ रजिस्ट्रार रिजालले भने ।
उपकुलपति केसीका अनुसार त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ । ‘६४ वटा आंगिक क्याम्पस छ । ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा इकाई र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ । देशको ७७ जिल्लामा विस्तार छ,’ उनले भने ।
त्रिविले आफ्नो वार्षिकोत्सव शुक्रवार सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा मनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक