माधव नेपालविरुद्ध ओली षड्यन्त्रको सामना हामी गर्छौँ, तपाईँ खुट्टा नकमाउनुस्: सुदेश पराजुली

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०८२, १४ : ४०
माधव नेपालविरुद्ध ओली षड्यन्त्रको सामना हामी गर्छौँ, तपाईँ खुट्टा नकमाउनुस्: सुदेश पराजुली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै डटेर सामना गर्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले कानूनी सर्वोच्चतालाई भने स्वीकार्ने बताए ।उनले भने, ‘कानूनको चौघेराभित्र न्याय हरायो भने त्यसको आक्रोश ठूलो हुन्छ । यो पार्टीलाई सत्ताको दुरुपयोग गरेर विघटन गर्न चाहिरहेका थिए, तर माधव नेपाल हेर्दा कोमल हुनुहुन्छ, विचार र सिद्धान्तमा दृढ भएकाले उहाँको आँटले यो पार्टी यहाँसम्म आएको छ । अब तपाईँले खुट्टा कमाउने होइन, हिम्मत हार्ने होइन ।’

माधव नेपालसँग सिंगो पार्टी पंक्ति रहेको भन्दै सुदेशले प्रधानमन्त्री ओलीले अख्तियारको दुरुपयोग गरेको भन्दै त्यसको हिसाबकिताब गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस