काठमाडौँ । दुई समूहबीच बढेको विवाद मिलाउन पश्चिम नवलपरासी नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई औपचारिक पत्र लेखेको छ ।
०७९ को निर्वाचनमा भएको अन्तर्घातका विषयमा संस्थापन पक्षले प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाहीको सिफारिस तथा इतर समूहले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसहित सात जनालाई कारबाही सिफारिस गरेसँगै पार्टीभित्र गम्भीर असन्तुष्टि चुलिएको छ।
जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि औपचारिक आग्रह गरेको हो ।
नवलपरासीस्थित काँग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक असर परेको र संगठनात्मक आत्मविश्वास तथा एकतामा समेत जोखिम बढेको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सांसद राणाले भने-‘बैंक र उद्योगी छुट्याउनुपर्छ तर तत्काल होइन’
कांग्रेस केन्द्रीय समिति बैठक जारी
संसदीय समितिको सर्वसम्मत निर्णयमाथि जालझेल: दिलेन्द्रप्रसाद बडू
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा