काठमाडौँ। नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले बैंकर्स र उद्योगी छुट्याउनुपर्ने भए पनि तत्कालै छुट्याउँदा अर्थतन्त्रमा ठुलो समस्या आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताए ।
तर बैंकर्स र उद्योगी छुट्याउँदा कतिपय व्यवहारिक पाटोलाई हेरिनुपर्ने उनको तर्क छ । ‘कुनै व्यक्तिको एउटा बैंक छ भने ऊ बैंकर्स नै हुनुपर्यो । बैंकर्स र व्यापारी दुवै हुन सुशासनको सिद्धान्तले पनि मिल्दैन । यसले स्वार्थको द्वन्द्व निम्ताउँछ,’ उनले भने, ‘यो कुरामा म सहमत छु तर, अहिले नेपालको सन्दर्भ फरक छ । हामी व्यवहारिक पनि हुनुपर्छ ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका राणाले बैंक र उद्योगी छुट्याउने सम्बन्धी व्यवस्थालाई अहिले दफामा राखे पनि लागु गरिहाल्न नहुने तर्क गरे । ऐन कार्यान्वयन भएको १५ वर्षपछि सोसम्बन्धी दफा लागु गर्नुपर्ने उनले बताए ।
‘अहिले नेपालमा प्रमोटरहरूले आफ्नो शेयरहरू धितो राखेर अहिले उहाँहरूले आफ्नो बैंकबाट होइन, अरू बैंकबाट पैसा निकालेका छन् । यो हामीले नपाउने भनेको छ, त्यो ठिकै छ,’ उनले भने, ‘स्वार्थको द्वन्द्वको हिसाबले यो ठिक छ तर अहिले नेपालमा अलिकति ठुला व्यापारी भनेका सय, डेढ सय छन् र अहिले हामीले यसलाई ठ्याक्कै लिमिट गर्ने बित्तिकै हाम्रो अर्थतन्त्रमा केही लिक्विडिटिमा समस्या ल्याउँछ ।’
उनले थपे, ‘त्यसैले यसलाई हटाउने होइन, यो व्यवस्था कार्यान्वयनका लागि मैले १५ वर्षको प्रस्ताव गरेको छु ।’ सांसद राणाले अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको बेला हचुवाका अघि बढ्न नहुने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो