काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहान ११ बजे बस्नेगरी बैठक तय भएको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । बैठकमा आगामी कात्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि रुपन्देही–३ को उम्मेदवारबारे छलफल हुने शाहीको भनाइ छ ।
शाहीले उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनु पर्ने बताए । बुधबार पनि रुपन्देहीका राप्रपा नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा उम्मेदवारबारे छलफल गरेका थिए ।
‘चुनावमा उम्मेदवार जनताको मनबाट छानिनु पर्छ । कुनै नेताको खल्ती बाट होइन,’ शाहीले भने, ‘नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए।’ यसअघि रुपहेन्दी क्षेत्र नम्बर ३ बाट राप्रपाका नेता दीपक बोहराले जितेका थिए । तर, उनको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा
भ्रष्ट हुन नदिने राप्रपाको संकल्प
राप्रपाको घोषणापत्र आज सार्वजनिक हुँदै