काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहान ११ बजे बस्नेगरी बैठक तय भएको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । बैठकमा आगामी कात्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि रुपन्देही–३ को उम्मेदवारबारे छलफल हुने शाहीको भनाइ छ ।
शाहीले उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनु पर्ने बताए । बुधबार पनि रुपन्देहीका राप्रपा नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा उम्मेदवारबारे छलफल गरेका थिए ।
‘चुनावमा उम्मेदवार जनताको मनबाट छानिनु पर्छ । कुनै नेताको खल्ती बाट होइन,’ शाहीले भने, ‘नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए।’ यसअघि रुपहेन्दी क्षेत्र नम्बर ३ बाट राप्रपाका नेता दीपक बोहराले जितेका थिए । तर, उनको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने