काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ ।
बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले ल्याएको बजेटको समीक्षा पनि गरिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले केपी शर्मा ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् ।
देउवा पक्षधर सदस्यहरूले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् ।
बैठकमा पार्टीको १५औँ महाधिवेशन र भ्रातृ सङ्गठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक