काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ ।
बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले ल्याएको बजेटको समीक्षा पनि गरिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले केपी शर्मा ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् ।
देउवा पक्षधर सदस्यहरूले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् ।
बैठकमा पार्टीको १५औँ महाधिवेशन र भ्रातृ सङ्गठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप