मेयर बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, १९ : ३७
मेयर बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना

काठमाडौँ । विशेष अदालतले जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट अनुचित लाभ (घुस) लिएको आरोपमा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको यस अघि ठहरको फैसला भइसकेका बस्नेतलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार सोमबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजायको फैसला गरेको हो ।

बस्नेतले नगरपालिका जस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप ३ महिना कैद सजाय गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस