दिलभूषण पाठकविरुद्ध अदालतमा मुद्दा दायर

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, १८ : ०७
दिलभूषण पाठकविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ। साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरेको छ ।

पाठकले हिल्टन होटलमा जयवीर देउवाको लगानी रहेको भन्दै सामाग्री बनाएर युटुवमा अपलोड गरेका थिए।

पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस