काठमाडौँ । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् ।हत्या आरोप लागेपछि फरार रहेका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो।
उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो ।त्यसपछि उनी फरार हुँदै आएका थिए ।
पक्राउ परेकाविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै