सुर्खेत । वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा पहिरो खसेको हो।
पहिरो खस्दा सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले आइतबार बेलुका देखिको वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जानकारी दिए। अहिले जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ।
यस्तै, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको जानकारी दिए।
पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको मेसिन मगाइएको छ। सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्ला र सुर्खेत आवतजावत गर्ने मालबहाक तथा सार्वजनिक यातायातका साधन रोकिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन