काठमाडौ । अविरल वर्षासँगै आएको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्ट क्षेत्रमा खसेको पहिरोका कारण यातायात ठप्प भएको हो।
कालीकोट प्रहरीले दिएको जानकारी अनुसार सडक खुलाउन डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ।
यातायात अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकी बीच बाटोमै अल्मलिएका छन्। पहिरोको जोखिमका कारण सुरक्षालाई ध्यानमा राख्दै सडक खोल्ने काममा सावधानी अपनाइएको छ।
प्रहरी, स्थानीय तह र सडक डिभिजनको सहकार्यमा चाँडै सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला