काठमाडौ । अविरल वर्षासँगै आएको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्ट क्षेत्रमा खसेको पहिरोका कारण यातायात ठप्प भएको हो।
कालीकोट प्रहरीले दिएको जानकारी अनुसार सडक खुलाउन डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ।
यातायात अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकी बीच बाटोमै अल्मलिएका छन्। पहिरोको जोखिमका कारण सुरक्षालाई ध्यानमा राख्दै सडक खोल्ने काममा सावधानी अपनाइएको छ।
प्रहरी, स्थानीय तह र सडक डिभिजनको सहकार्यमा चाँडै सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो