काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ । कांग्रेसका सात भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।
यसैगरी, क्रियाशील सदस्यता वितरणका बारेमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ ।
बैठकमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गरिने, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप