काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अर्ली महाधिवेशन माग गरेकी छन् । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने उनको धारणा छ । पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने बताइन् ।
‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?’ आफ्नै प्रश्नमा झाँक्रीले आफैं उत्तर दिइन्, ‘अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौँ । कसरी गर्ने ? आइदर अर्ली महाधिवेशन गरौँ अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनाऔँ ।’
यसै सन्दर्भमा उनले अब काँधमाथि ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने टिप्पणीसमेत गरिन् । ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन रु गरौँ न त अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ ।’ अहिलेकै केन्द्रीय समितिबाट पार्टी नबन्ने र छिटो विघटन हुने चेतावनी पनि उनले दिइन् ।
उनले भनिन्, ‘अँस्ती मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईँहरू पार्टी बनाउनु हुन्न र यो धेरै छिटो विघटन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री
पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री, एमालेमा फर्किने तयारी