काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल चलेको छ । रास्वपामा विधानत १२१ सदस्य केन्द्रीय सदस्य हुने भनिएको छ । तर, हाल ६७ जना मात्रै रहेका छन् । रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावबारे छलफल भएको पुष्टि गरे ।
‘अहिले रास्वपाका जोडिन चाहने धेरै हुनुहुन्छ । महाधिवेशन ८/९ महिना बाँकी नै छ । त्यतिन्जेलसम्म रास्वपामा जोडिन चाहनेलाई कुनै जिम्मेवारी दिन सकिन्छ कि भन्ने छलफल चलेको छ’, झाले भने ।
तर, यो विषय केवल प्रस्तावको रूपमा मात्रै रहेको उनले बताए । रास्वपाका अर्का एक नेताका अनुसार अरु दलमा जिम्मेवारीमा बहाल रहेका र पूर्वसांसद समेत जोडिन खोजेका छन् । यस्तोमा केन्द्रीय सदस्यसम्मको जिम्मेवारी दिन सकिन्छ कि भने छलफल चलेको छ ।
२७ चैत २०८१ मा बसेको रास्वपा सचिवालय बैठकमा यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक यही असार १४ गते बसेको रास्वपाको संसदीय दलको बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो ।
कतिपयले भने महाधिवेशन नजिकिएले केन्द्रिय सदस्यको संख्या नथप्ने कि भन्ने राय प्रकट गरेका छन् । रास्वपाले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय