काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ ।
आइतबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ ‘ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । साथै निक्षेप सङ्कलनको बोलकबोलममा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने छ ।
निक्षेप सङ्कलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ । बैंकमा ठुलो मात्रमा निक्षेप थुप्रिए पनि लगानी हुन सकिरहेको छैन ।
लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टि गरेको छ । कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भए पनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात
शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने
बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक