काठमाडौँ । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल सहभागी भएका हुन् ।
रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत सहभागी थिए। आज असार १५ को दिन धान रोपाइँसँगै दही चिउरा खाने प्रचलन नेपाली समाजमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा रोपाइँ महोत्सव : मेयर रेनु दाहालले रोपिन् धान