यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, ०७ : २५
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ३९ पैसा र बिक्रीदर १८८ रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ९० पैसा र बिक्रीदर १७१ रुपियाँ ६५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २० पैसा र बिक्रीदर ८९ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९७ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस