पेशावर । पाकिस्तानको उत्तर-पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तीन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने ६ वटा घर पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय जलवायु तथा मौसम विभागले मङ्गलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ असार २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल