पेशावर । पाकिस्तानको उत्तर-पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तीन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने ६ वटा घर पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय जलवायु तथा मौसम विभागले मङ्गलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ असार २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै