काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जाने कार्यतालिकाबारे संसद्लाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा २१ जना सदस्य रहेको उनले बताए। स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नेपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त अवसरमा केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना