काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जाने कार्यतालिकाबारे संसद्लाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा २१ जना सदस्य रहेको उनले बताए। स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नेपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त अवसरमा केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए