महानगरका विद्यालयको शिक्षाको गुणस्तर ल्याइने

शुक्रबार, ०७ मंसिर २०७५, १५ : ३९
महानगरका विद्यालयको शिक्षाको गुणस्तर ल्याइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउने भएको छ । आज काठमाडाँै महानगरपालिका शिक्षा विभागले आयोजना गरेको काठमाडाँै महानगरीय शिक्षा रुपान्तरण अभियानअन्तर्गतको ‘सुधार–सोच’ निर्माण गोष्ठीमा महानगरले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याई निजी विद्यालयको दाँजोमा पु¥याएको भएको हो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विद्यालयको शिक्षामा गुणस्तर ल्याउन विभिन्न कार्यक्रम ल्याउन थालेको जानकारी गराउनुभयो । ‘‘शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा हामी अहिले छलफल गरिरहका छौँ’’ उहाँले भन्नुभयो, ‘‘हामी निजी विद्यालयको स्तरमा सामुदायिक विद्यालयको शिक्षा बनाउछौँ ।’’

नगरभित्रका केही सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भन्दै उहाँले ती विद्यालयको अनुशरण गरी अरु विद्यालयले सिक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई एक अर्कामा प्रतिस्पर्धात्मक बनाई राम्रा विद्यालयलाई पुरस्कृत समेत गरिने जानकारी गराउनुभयो ।

केही प्रधानाध्यापकले बुझ पचाएर विद्यालयलाई राम्रो गर्न नसकेको भन्दै उहाँले विद्यालयको अनुगमन गरी विद्यालयको शिक्षामा सुधार गर्न जिम्मेवार समेत बनाइने बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले नीति नियम र पाठ्यक्रममा संशोधन गरी विद्यालयको शिक्षामा गुणस्तर ल्याइने बताउनुभयो । गुणात्मक शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गुणात्मक शिक्षामा जोड नदिने हो भने अहिले सिकेका कुरा भोलि बिर्सने समेत बताउनुभयो ।

उहाँले महानगरले आफ्ना विद्यालयलाई आधुनिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने नमूना विद्यालय बनाउने धारणा राख्नुभयो । प्रशासनिक अधिकृत कोइरालाले विद्यालयमा भएका स्रोत साधनको अत्यधिक प्रयोग र शिक्षकमा भएको ज्ञानलाई प्रयोग गरेर शिक्षा सुधार गरिने बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालयको सुधार शिक्षकबाट मात्र सम्भव भएकाले शिक्षा सुधार गर्ने अभिप्रेरणा शिक्षकमा हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा सुधारका नीतिगत समस्यालाई समाधान गदै शिक्षामा गुणस्तरल्याई प्रतिस्पर्धी शिक्षा बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले महानगरले विद्यालयको शिक्षाको गुणस्तर बढाउने योजना ल्याएको भन्दै त्यस अनुसार काम नगर्ने प्रधानाध्यापकलाई कारवाही गरिने जानकारी गराउनुभयो ।

अबको शिक्षा गुणस्तर र प्रतिस्पर्धी हुनपर्नेमा जोड महानगरको रहेको भन्दै त्यसको लागि प्रधानाध्यापक र शिक्षकको तयार हुनुपर्ने बताउनुभयो ।
शिक्षाको गुणस्तर ल्याउनका लागि अवकाश प्राप्त शिक्षकबाट पनि स्वमसेवी शिक्षकको रुपमा परिचालन गर्ने योजना महानगरको रहेको बताउनुभयो । उहाँले महानगरभित्रका सामुदायिक विद्यालयको एकरुपता समेत ल्याइने बताउनुभयो । गोष्ठीमा काठमाडौँ महानगरअन्तर्गतका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस