काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको लागि काँग्रेस र एमालेले चाँडै संयन्त्र बनाएर काम थाल्ने बताएका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेस प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमालेबीचको छलफलले आकार लिएपछि प्रमुख प्रतिपक्षी दल, सदनमा सहभागी अन्य दललाई पनि समेटेर प्रक्रिया अघि बढाउने बताए ।
नागरिकमा उठेको निराशा र संविधान कार्यान्वयनमा देखिएको समस्याहरू समाधान गर्नको लागि सरकारले काम गरिरहेको बताए । यस्तै, उनले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीबीच भएको केही मतभेदलाई कोठामा बसेर संवाद गरौँ । छलफलबाट त्यसलाई मेटाउँदै जानुपर्छ ।’ उनले काँग्रेसभित्रको अन्तर्विरोध कारणले नै काँग्रेस हारिरहेको बताए ।
उनले थपे, ‘काँग्रेसलाई हटाउन कोही चाहिँदैन । काँग्रेस भए पुग्छ । अरूले सक्दैन, त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनुपर्नेछ । त्यसका लागि हामीले प्रशिक्षणमार्फत सद्भाव र मतभेद अन्त्य गर्दै गइरहेका छौँ ।’
उनले काँग्रेसको अन्तर घातको महारोगलाई अन्त्य गरेर ०८२ र ०८३ को पार्टीको अभियान सफल बनाउन सके ०८४ को चुनावमा पहिलो पार्टी र एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
पूर्णबहादुरले राखेको बैठकमा शेखर समूह सहभागी नहुने
‘अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद’ : पूर्णबहादुर खड्का