काठमाडौं । टेलिभिजन श्रृंखलाका चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘गोबर गणेश’मा कलाकार अनुबन्धित हुने क्रम जारी छ ।
फिल्मको शीर्ष भूमिकामा अभिनेत्री वर्षा सिवोकाटी अनुबन्धित भएकी छन् । निर्माता र सिवाकोटीबीच विहिबार लिखित सम्झौता भएको छ । वर्षालाई लिड हिरोइनको रुपमा अनुबन्धित गरिएको जानकारी ‘बल्छी धुर्बे’ले दिए ।
यसअघि यो फिल्ममा ‘होस्टेल ३’बाट चम्किएका पदम तामाङ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजना घिमिरे ‘पुकु’ अनुबन्धित भैसकेका छन् । ‘मेरी बास्सैै’ टिभी श्रृंखलाबाट चम्किएका कलाकार बल्छी धुर्बेले यो फिल्मबाट ठूलो पर्दामा करिअर अघि बढाउँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १२ : १२
लेखकबाट थप