चितवन । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमाले दुई फरक पार्टी भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताएका छन ।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको बताए । उनले कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाईएको बताए ।
यस्तै सभापति देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दावी गरे । कांग्रेसको विधान अनुसार समयमै हुने दावी गरे । १४ औं महाधिवेशन सकिएको ४ वर्षपछि आउँदो मंसिरमा महाधिवेशन हुनुपर्ने हो । तर विधानमा एक वर्ष थप गर्न मिल्ने भएकाले विधान अनुसारकै समयमा महाधिवेशन सम्पन्न गरिने सभापति देउवाले बताए ।
कांग्रेस सभापति देउवा, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता विमलेन्द्र निधी, सशांक कोइरालालगायतका नेताहरु आज नेपाली कांग्रेसकी नेतृ, प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागि हुन चितवन आइपुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल