काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक केही नभएको टिप्पणी गरेका छन् ।
वीरगञ्जमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री अर्थहीन भ्रमणका लागि स्पेन जान लागेको बताएका हुन् ।‘युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू लावालस्कर सहित विदेश जानुको कुनै अर्थ छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढीपहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओली चार दिने स्पेन भ्रमणका लागि १६ असारमा प्रस्थान गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह
अब गौर हत्याकाण्डका पीडित परिवारले न्याय पाउनेछन्: प्रभु साह