एजेन्सी । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको समूह ‘जी’को खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५-२ ले हराएको छ।
खेलको ९ औँ मिनेटमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई दिलाएको अग्रता दुई मिनेट भन्दा बढी टिकेन। गोलरक्षक एडरसनले मिस पास गरेपछि त्यसको फाइदा उठाउँदै युभेन्ट्सका टिर्याप कोप मेरिनेसले बराबरी गोल गरे।
सिटीले दोस्रो पटक आत्मघाती गोलका कारण अग्रता लिएको हो। म्याथ्यु नुनेसको पासलाई रोक्ने क्रममा पियरे ओलकाउले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरे।
मध्यान्तरमा वैकल्पिक खेलाडीको रुममा मैदानमा प्रवेश गरेका एर्लिङ हालान्डले ५२ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। फिल फोडेनले ६९ औं मिनेटमा चौथो तथा सिभिन्होले ७५ औं मिनेटमा पाँचौँ गोल गरे। खेल सकिन ६ मिनेट बाँकी रहँदा डुहान निसामोभिकले युभेन्ट्सका लागि गोल गरे।
सोही समूहको अर्को खेलमा एल ए आइनले वेयाद कासाब्लान्कालाई २-१ ले हराएको छ। यस अघि नै सिटी र म्यानचेस्टर दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।
समूहमा सिटी शतप्रतिशत जितसहित पहिलो स्थान छ भने ६ अङ्क भएको युभेन्ट्स दोस्रो स्थानसहित दोस्रो चरणमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्लब विश्वकप: रियललाई हराउँदै पीएसजी फाइनलमा
क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा
क्लब विश्वकपमा बायर्नको कीर्तिमानी जित