मधेश प्रदेशसभाः विपक्षी दलले आगामी बैठक बहिष्कार गर्ने

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, १५ : ३९
मधेश प्रदेशसभाः विपक्षी दलले आगामी बैठक बहिष्कार गर्ने

जनकपुरधाम । मधेश प्रदेशसभाको आगामी बैठक विपक्षी दलहरूले बहिष्कार गर्ने भएका छन्।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख रामचन्द्र मण्डलले एक घण्टाअगावै अनिश्चितकालका लागि स्थगित गरेपछि प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी, नेपाललगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले विपक्षीलाई जानकारी नै नगराई बैठक स्थगित गरेको भन्दै आपत्ति जनाए।

प्रदेशसभा बैठक स्थगित भएपछि बसेको जसपा, नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीको बैठकले आगामी बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।

प्रमुख सचेतक यादवले आगामी वर्षको बजेटमा सांसदभन्दा विचौलियालाई प्राथमिकता दिएर बजेट ल्याएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस