काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सभामा विद्यार्थी तर्फको प्रतिनिधित्व मनोनयन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ ।
सिमित क्याम्पसहरूबाट मात्रै मनोनीत गरिँदै आएको भन्दै त्रिचन्द्र स्ववियुले आपत्ति जनाएको हो । स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सभा सदस्य पारदर्शी तरिकाबाट नियुक्त गर्न माग गरेका छन् ।
त्रिविको नीति नियम तर्जुमा गर्ने सर्वोच्च निकाय ‘विश्वविद्यालय सभा’ मा स्ववियुको तर्फबाट दुई जना अध्यक्षहरू सदस्य रहने प्रावधान छ । सोही अनुसार त्रिवि कार्यकारी परिषद्ले दुई जनालाई मनोनीत गर्दै आएको छ ।
हरेक २/२ वर्षमा आवधिक निर्वाचन मार्फत विजयी हुने स्ववियु अध्यक्षमध्ये कसले सभामा प्रतिनिधित्व गर्न पाउने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था छैन । सबै निर्वाचित अध्यक्षहरूमध्ये अपनत्व हुने गरी खुला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचनबाट हुनुपर्ने अध्यक्ष कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड