काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सभामा विद्यार्थी तर्फको प्रतिनिधित्व मनोनयन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ ।
सिमित क्याम्पसहरूबाट मात्रै मनोनीत गरिँदै आएको भन्दै त्रिचन्द्र स्ववियुले आपत्ति जनाएको हो । स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सभा सदस्य पारदर्शी तरिकाबाट नियुक्त गर्न माग गरेका छन् ।
त्रिविको नीति नियम तर्जुमा गर्ने सर्वोच्च निकाय ‘विश्वविद्यालय सभा’ मा स्ववियुको तर्फबाट दुई जना अध्यक्षहरू सदस्य रहने प्रावधान छ । सोही अनुसार त्रिवि कार्यकारी परिषद्ले दुई जनालाई मनोनीत गर्दै आएको छ ।
हरेक २/२ वर्षमा आवधिक निर्वाचन मार्फत विजयी हुने स्ववियु अध्यक्षमध्ये कसले सभामा प्रतिनिधित्व गर्न पाउने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था छैन । सबै निर्वाचित अध्यक्षहरूमध्ये अपनत्व हुने गरी खुला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचनबाट हुनुपर्ने अध्यक्ष कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित