फिल्म ‘घोस्टेल’ निर्माण घोषणा

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, १२ : ४४
फिल्म ‘घोस्टेल’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘घोस्टेल’ निर्माण घोषणा गरिएको छ ।  अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको  थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।

सार्वजनिक पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ लेखिएको छ । जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य रहेको फिल्मको ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी दिएको छैन ।

न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । फिल्मको कथा सुयोग गुरुङको नै हो । ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको छायाङ्कन सकाएसँगै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन् ।

फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । यसअघि ‘षडङ्ग’ फिल्म निर्देशन गरेका सुनुवारको पछिल्लो फिल्म ‘खजुरे ब्रो’ गतवर्ष प्रदर्शनमा आएको थियो । 

प्रतिक्रिया दिनुहोस