काठमाडौँ । चितवन स्थित मुग्लिङ–नारायणगढ खण्डमा सडकमाथि अड्किएर बसेको ढुङ्गा हटाउन दुई घण्टा सो सडक खण्ड बन्द गर्ने निर्णय गरिएको छ ।
आज बिहान १० बजेदेखि १२ बजेसम्म सो सड्क खण्ड बन्द गर्न लागिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
तुइन खोला नजिकै पहिरोको जोखिम भएको हुनाले भिरमा अड्किएको ढुङ्गा हटाउन लागिएको उनले बताए । गतवर्ष चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोका कारण बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।
त्यस्तो घटना न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा जम्मा भएर बसेको गेग्रान समेत ट्राफिक प्रहरीले स्थानीय निकायको सहयोगमा हटाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला