सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधिसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राई रहेका छन् ।
असार १० गते राति लागुऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल-८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास-७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम-२० ट्याब्लेट, स्पारेट-२ सय ९५ ट्याब्लेट र कोलिवन-३ सय १२ ट्याब्लेट बरामद गरेको हो ।
प्रतिबन्धित र नियन्त्रित औषधिसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ